नारायणगोपाललाई राष्ट्रिय विभूतिको सूचीमा राख्न माग

news

काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नारायणगोपाल संगीत कोषले बुधबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याउने ६ जना स्रष्टाहरुलाई नगद पुरस्कारसहित नारायणगोपाल विशेष सम्मान प्रदान गरियो ।

सम्मानित हुनेहरुमा गायक तथा संगीतकार कर्म योञ्जन, गीतकार नीर शाह, दीर्घसिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी छन् ।

सम्मानित स्रष्टाहरुले नारायणगोपालले नेपाली संगीत क्षेत्रमा दिएको योगदानकाबारेमा चर्चा गर्दै उनलाई राष्ट्रिय विभूतिको सूचीमा राख्न सरकारसित माग गरेका थिए ।

कार्यक्रमका अरु सहभागीहरुले नारायणगोपाल नेपालीको ढुकढुकीमा बाँचीरहने एक अदभूत प्रतिभा रहेको बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालले गाएका गीतको सांगीतिक प्रस्तुति दिएका थिए ।

नारायणगोपाल संगीत कोषले ६ करोड रुपैयाँको लागतमा चाँडै नै गीत–गंगा नामक हल निर्माण गर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया