पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ६४ करोड २० लाख बराबरको बजेट पास

news

काठमाडौं, मंसिर १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले दिएको २२ करोड २० लाखको बजेट र प्रतिष्ठानको आन्तरिक आम्दानीबाट उठेको ४२ करोड रुपैयाँको बजेट पास गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १० एजेन्डाहरुसमेत प्रस्तुत् गरिएको थियो ।

बजेट आएको ६ महिनापछिमात्र बैठक बसेर बजेट पास गरेका कारण धेरै काम रोकिएको प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए ।

२०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको थियो ।

बैठकले विकास समितिअन्तर्गत् रहेका कर्मचारीलाई प्रतिष्ठानअन्तर्गत् राखेको छ ।

नेपाल मेडिकल काउन्सिलले अनुमति दिएमा प्रतिष्ठानले यही वर्षदेखि ‘पोस्ट ग्र्याजुएसन’को कक्षा पनि सन्चालन गर्ने तयारी गरेको छ । जसमा एनेस्थेसिया, मेडिसिन, प्रसूति, बालरोग, शल्यक्रिया र हाड्जोर्नीसम्बन्धी विषयहरु रहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया