राष्ट्रपति भण्डारी स्वेदश फिर्ता

news

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारी पोल्यान्डको कातोबीचे शहरमा भएको जलवायु परिवर्तसम्बन्धी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

सम्मेलनमा विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी थिए । उनीहरुले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्वका नेताहरूलाई आग्रह गरेका थिए ।

सम्मेलनमा सहभागी वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजाति नै संकटमा पर्न सक्ने भन्दै तत्काल उपयुक्त कदम चाल्न आग्रह गरेको थिए ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले जलवायु परिवर्तन कतिपय देशका लागि जीवन र मृत्युको सवाल भएको भन्दै जलवायु परिवर्तनका लागि जिम्मेवार केही देश आफ्नो दायित्वबाट विमुख भएको आरोप लगायका थिए ।

सम्मेलनले सन् २०१५ को प्यारिस सम्झौता कार्यान्वयनमा जोड दिइएको थियो ।

राष्ट्रपति भण्डारी स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडानहरु एक घण्टा प्रभावित भएको थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया