निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी गर्ने नियन्त्रणमा (भिडियो)

news

काठमाडौं, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाहरुले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?’ जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका युवतीहरुलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।

‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए ।

उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया