न्यूनतम् पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही : मन्त्री विष्ट

news

काठमाडौं, मंसिर २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने बताएका छन् ।

ग्लोबल युनियन नेपालको बिहीबार काठमाडौंमा भएको पाँचौं राष्ट्रिय सम्मेलनमा उनले कर्मचारी र श्रमिकलाई न्यूनतम् पारिश्रमिक नदिइए सरकारलाई सूचना दिन आग्रह गरे । त्यस्ता रोजगारदातालाई कारबाही गर्ने उनले चेतावनी दिए ।

सरकारले भर्खर लागू गरेको सामाजिक सुरक्षा कोषको दायरामा सबैलाई समेटिने भन्दै मन्त्री विष्टले सबै लाभान्वित हुनेगरी कार्यविधि ल्याइने बताए ।

सम्मेलनमा सहभागीहरुले निजामती क्षेत्रमा पेन्सनको व्यवस्था सरकारले नै हटाउन लागेको अवस्थामा सामाजिक सुरक्षा योजना कायान्वयन हुनेप्रति शंका व्यक्त गरेका थिए ।

विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुले सामाजिक सुरक्षा कोषका कारण रोजगारदाताहरुलाई १.६७ प्रतिशतमात्र भार थपिने भन्दै यो कोषले सबैको भविष्य सुनिश्चित भएको बताए ।

सम्मेलनले शंकर लामिछानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया