न्याय माग्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन, धनगढीमा टाँसियो निर्मलाको पोस्टर (६ तस्वीर)

news

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।

बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा निर्मलाको तस्वीरअंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरिएको हो ।

काठमाडौंबाट सुरु भएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीको पनि सहभागिता रहेको थियो ।

घटनालाई मोड्न खोजीरहेको आरोप

नेत्री यमीले घटना घटेको धेरै दिन बितिसक्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभूति नै हराउन थालेको बताइन् ।

सरकारले पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च बनाएर घटनालाई मोड्न खोजीरहेको आरोप उनले लगाइन् ।

रेशम चौधरीलाई न्याय माग

उनले कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई न्याय दिनुपर्नेसमेत उल्लेख गरिन् ।

विभिन्न ठाउँमा टाँसियो पोस्टर

नेत्री यमीसहितले निर्मलाको पोस्टर बजारका विभिन्न ठाउमा टाँसेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै रहेका अरु सरकारी कार्यालयका पर्खालमा पनि पोस्टर टाँसेका हुन् ।

यस्तै, सडक किनारमा रहेका बिजुलीका पोल, सवारी–साधनमासमेत सो पोस्टर टाँसिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया