निर्मलाका लागि न्याय माग्दै मानवसाङ्लो बनाएर प्रदर्शन

news

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै कन्चनपुरमा प्रदर्शन गरिएको छ ।

नागरिक संघर्ष समितिले घोषणा गरेको चारदिने विरोध कार्यक्रमअन्तर्गत् बिहीबार महेन्द्रनगरमा मानवसाङ्लो बनाएर विरोध प्रदर्शन गरिएको हो ।

चोक–चोकबाट सुरु गरिएको मानवसाङ्लोसहितको प्रदर्शन पछि गएर र्‍यालीमा परिणत भएको थियो ।

प्रदर्शनमा विद्यालय, क्याम्पसका शिक्षक विद्यार्थी, अधिकारकर्मीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

यसअघि, संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयअगाडि कालोपट्टी बाँधेर धर्नामा बस्नुका साथै हराएको न्याय खोज्ने भन्दै टर्च बालेर विरोध प्रदर्शन गरिएको थियो ।

पीडित परिवारले गत कात्तिक २५ गतेदेखि सुरु गरेको अनिश्चितकालीन धर्नामा ऐक्यबद्धता जनाउँदै आएको संघर्ष समितिले नागरिक समाजसँगको छलफलपछि आन्दोलनका आगामी कार्यक्रमबारे तय गर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया