भैरहवा, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेशका राजधानीहरु अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका छन् ।
बिहीबार भैरहवामा लुम्बिनी महोत्सवको उद्घाटन गर्दै उनले अहिले कायम रहेका प्रदेशका राजधानीहरुलाई नै निरन्तरता दिने बताए ।
पर्यटनले नै रोजगारी र अर्थतन्त्रमा गुणात्मक फड्को ल्याउनसक्ने दाहालको भनाइ थियो ।
उनले लुम्बिनीमा शान्तिको खोजीको लागि सबै धर्म, वर्ग र समुदायको आगमन हुने भएका कारण लुम्बिनीलाई विश्व शान्तिको क्षेत्रकारुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया