मापसे गरी सवारी चलाउनेमा महिलाको संख्या बढी

news

गृष्मा राजभण्डारी, मीरा बस्नेत र नवीन स्थापित (इमेज)

काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर १७ गतेबाट लागू गरेको मादकपदार्थ सेवन गर्नेहरुको चेकजाँचलाई निरन्तरता दिएको ६ वर्ष पुगेको छ ।

यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी–साधन चलाउनेको संख्या निकै घटेको छ भने दुर्घटनामा पनि कमी आएको देखिन्छ ।

तर, मादकपदार्थ सेवन गरी सवारी चलाउनेमा पुरुषको तुलनामा महिलाको संख्या भने बढी देखिन्छ ।

२०६८/०६९ मा मादकपदार्थ सेवन गरी सवारी चलाउने महिलाको संख्या १८७ थियो भने यो संख्या बढ्दै गइ यस वर्ष १५ सय ९० पुगेको छ । यो संख्या पुरुषको तुलनामा धेरै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

यसैगरी, २०७१ साल असोज २६ गतेबाट लागू गरिएको लेन अनुशासन पालनासम्बन्धी नियम उल्लंघन गर्ने महिनाको संख्या पनि बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

सुरुका वर्षहरुमा लेन अनुशासन पालना गर्ने महिलाको संख्या १८ सय ५४ थियो भने यो संख्या बढेर यस वर्ष १३ हजार ७४ पुगेको छ ।

त्यसो त मादकपदार्थ सेवन गर्नेहरुले जरिवानासँगसँगै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्ने व्यवस्थाका कारण भने मापसे गर्नेहरुको संख्यामा ९० प्रतिशतले कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।

मापसे गर्नेको संख्यामा कमी आएसँगै सवारी दुर्घटनामासमेत कमी आएको पाइएको छ ।

मापसे चेकजाँचसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय मिटरमा जान नमान्ने, मिटर बिगार्ने र भाडामा अनियमितता गर्ने चालकहरुमाथि पनि कारबाही तीव्र पारेको छ ।

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया