धितोपत्र बजारमा ‘सेक्युरिटिज डिलर’लाई प्रवेश गराउने सम्बन्धमा बोर्डको चासो

news

काठमाडौं, मंसिर २० । धितोपत्र बजारमा ‘सेक्युरिटिज डिलर’लाई प्रवेश गराउने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले नेप्सेसँग जानकारी माग गरेको छ ।

अनलाइन कारोबार प्रणाली सुरु गरिसकेको परिप्रेक्ष्यमा धितोपत्र बजारमा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भइरहेको तयारीको सम्बन्धमा बोर्डले नेप्सेसँग जानकारी माग गरेको जनाएको हो ।

धितोपत्रको खरिद तथा विक्री दुवै मूल्यअंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोबार गर्न तथा धितोपत्रको ‘अन्डरराइटिङ’समेत गर्ने  गर्दछ ।

धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भइ पुँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया