पूर्वी नेपालका जिल्लाहरुमा रासायनिक मलको अभाव

news

ध्रुव भट्टराई/ईमेज

विराटनगर । मोरङ र सुनसरीसहितका पूर्वी जिल्लाहरुमा रासायनिक मलको अभाव देखिएको छ ।

नयाँ बाली लगाउने चटारो चलिरहेका बेला पर्याप्त मल नपाउँदा किसान  चिन्तित बनेका छन् । तर कृषि मन्त्रालय भने मल अभाव नभएको दाबी गर्दछ ।

भर्खरै धान थन्काएर सकिसकेका किसानहरुलाई यतिबेला गहुँ छर्ने चटारो चलिरहेको छ । तर बीउ र मलको अभाव खट्किरहेको हुँदा किसानहरु चिन्तित छन् ।

धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ गहुँ छर्ने समयमा डीएपी मलको आवश्यकता पर्ने भएपनि मागअनुसार मल आपूर्ती हुन नसककेको मोरङको जहदा गाउँपालिका ३ का किसान परशुराम चौधरीको गुनासो छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मलको आयात र विक्री वितरण गर्दै आएको छ ।

तर, मल आयात र विक्री गर्ने यी संस्थानहरुले आवश्यकताअनुसार मल आपुर्ति गर्न सकिरहेको स्थिति छैन ।

दैनिक १ सयभन्दा बढी बोरा डीएपी मल विक्री हुने ठाउँमा कम्पनीले हप्तामा सय बोरामात्रै उपलब्ध गराएको मल बिक्री केन्द्र कटहरीका प्रमुख राजु राजवंशी बताउँछन् ।

यता प्रदेश १ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने प्रादेशिक मल नीति बनाउने तयारी भइरहेको र पछिल्लो समय त्यति धेरै मलको अभाव नभएको दाबी गर्छन् ।

एकातिर कृषिलाई व्यवसायिक, आधुनिक र निर्यातमुखी बनाउने लक्ष्य हुनु  र अर्कोतिर किसानहरुलाई आधारभूत कृषि सामग्रीमै किसानहरु उदास हुनुपर्ने बाध्यता आफैंमा हास्यास्पद छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया