प्रबुद्ध समुहले तयार पारेको प्रतिवेदन भारतले चाँडै बुझ्ने नेपाल पक्षको विश्वास

news

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समुहका सदस्य सूर्यनाथ उपाध्यायले भारतले आफूहरुले तयार पारेको संयुक्त प्रतिवेदन चांडै नै बुझ्ने विश्वास व्यक्त गरेका छन्  ।

हामीसँग कुरा गर्दै उपाध्यायले चाँडै नै संयुक्त प्रतिवेदन बुझाउने तयारी भइरहेको बताए ।

भाजपा नेता विजय जोलीले भारतले प्रबुद्ध समुहको प्रतिवेदन नबुझने भनि दिएको अभिव्यक्तिले खासै अर्थ नराख्ने भन्दै उनले दुवै पक्षबीच सहमति गरेरै संयुक्त प्रतिवदेन तयार पारिएको बताए ।

केही दिन अघि मात्र भाजपा नेता जोलीले प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदनलाई कोठे प्रतिवेदन भन्दै भारतले नस्वीकार्ने टिप्पणी गरेका थिए ।

दुई मुलुकबीच रहेका असमझदारी र सन्धी सम्झौता पुनरावलोकन गर्ने विषयमा समुहले पटक पटक बैठक बसी संयुक्त प्रतिवेदन तयार पारेको छ ।

नेपालले महत्वको साथ उठाउँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न दुवै पक्ष सहमत सहमति प्रतिवेदन तयार पारिएको बुझिएको छ ।

तर संयुक्त प्रतिवेदन भारतीय पक्षले बुझ्न आनाकानी गर्न थालेपछि अहिले विभिन्न संशय पैदा भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया