विद्यालय तहको शिक्षा मातृभाषामा पनि दिन सरोकारवालाहरुको सुझाव

news

काठमाडौं, मंसिर २१ । विद्यालय तहको शिक्षा मातृभाषामा पनि दिन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा उनीहरुले मातृभाषा लोभ हुन नदिन पनि मातृभाषामा पठन–पाठन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले संविधानमा प्रत्येक नागरिकले आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चित गरिएको बताए ।

बालबालिकाले सुरुमा कुन भाषामा सिकाउँदा बुझ्छन्, त्यो भाषामा नै पढाउनुपर्ने भन्दै डा. अवस्थीले संविधानमा नै उल्लेख गरिएपछि कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा शिक्षा तथा मानवस्रोत विभागका गेहेनाथ गौतमले मातृभाषामा पठन–पाठन गराउन स्थानीय सरकारलाई बढी जागरुप बनाउनुपर्ने बताए ।

स्थानीय तहमा बढी बोलिने भाषामा पढाउनका लागि स्थानीय सरकारले सोहीअनुरुप शिक्षक तयार गर्नुपर्ने उनले बताए ।

कार्यक्रमका सहभागीहरुले बालबालिकाहरुले आफ्नो भाषामा बोल्न र पढ्न नपाउने भए त्यो कसरी बालमैत्री शिक्षा हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

भाषाकै समस्याका कारण पनि धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेकाले उनीहरुले नै बोल्ने भाषालाई प्राथमिकता दिनुपर्ने सहभागीहरुको सुझाव थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया