प्रहरीमाथि महान्यायाधिवक्ताको आरोप

news

काठमाडौं, मंसिर २१ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मानव बेचबिखनमा संलग्न व्यक्तिहरुलाई अदालतमा उपस्थित गराउन पटक–पटक पत्राचार गरेपनि प्रहरीले अटेर गर्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित ‘मानव बेचबिखन मुद्दामा पीडित/साक्षीको प्रतिकूल बकपत्र अनुसन्धानमूलक अध्ययन सार्वजनिकीकरण’ कार्यक्रममा उनले त्यस्ता गतिविधिहरु अन्त्य गर्न प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रहसमेत गरे ।

गरिबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारण भएको भन्दै खरेलले पीडितहरुले उजुरी दिएपनि लोभ, लालच, धम्कीका कारण अभियोग फिर्ता लिने गरेको बताए ।

कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोधखोज तथा अनुसन्धान गरिएको र सर्वोच्च अदालतका २४ ओटा मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया