मिर्गौलापीडित फोटोपत्रकार महर्जनलाई सहयोग

news

काठमाडौं, मंसिर २१ । मिर्गौलापीडित फोटोपत्रकार आशाकाजी महर्जनको उपचारका लागि शुक्रबार एक कार्यक्रमबीच सहयोग संकलन गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सहयोग संकलन कार्यक्रमबाट ५३ हजार रुपैयाँ संकलन गरेको हो ।

पीडित महर्जनले समाजबाट प्राप्त सहयोगले हारिसकेको जीवन फिर्ता पाएको भन्दै परिस्थितिसँग लड्ने आत्मविश्वास बढेको बताएका छन् ।

दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले यो एउटा कार्यक्रममा सीमित नभइ अभियानकारुपमा अघि बढ्ने बताए ।

यस्तै, दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले अरु सहयोगको प्रतिबद्धता प्राप्त भइरहेको जानकारी गराउँदै सबैलाई सहयोगको लागि अपिलसमेत गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सांसद राजेश शाक्यले भने उपचारका लागि कोष नै निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

पीडित महर्जन विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया