कपिलवस्तुका किसान रुस्ट

news

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, मंसिर २१ । सरकारले बनाएको अनुदानमा सीमित कृषि योजनाप्रति कपिलवस्तुका किसानहरु रुस्ट बनेका छन् ।

भनसुन, चलखेल र आफ्ना वरिपरि बाँडिने अनुदानले कृषिक्षेत्र कमजोर बन्दै गएको भन्दै किसानहरु चिन्तित बनेका हुन् ।

पहुँचको भरमामात्रै सुविधा उपलब्ध गराउने प्रवृत्तिले वास्तविक किसान मर्कामा पर्ने गरेको उनीहरुको गुनासो छ ।

शुक्रबार तौलिहवामा राष्ट्रिय किसान आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरूले सरकारी सेवा–सुविधा किसानका नाममा अरूले नै लिने गरेको गुनासो गरे ।

उनीहरूले सरकारले व्यावसायिक कृषिखेती, पशुपालनको विस्तारलगायत विभिन्न कार्यक्रम सन्चालनमा ल्याएपनि वास्तविक किसानसम्म पुग्न नसकेको बताएका थिए ।

सरकारले किसानलाई ६ प्रतिशत ब्याजदरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था गरेपनि वास्तविक किसानको पहुँच पुग्न नसकेको उनीहरुको गुनासो थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया