अर्जेन्टिनाको रिभर प्लेट बन्यो दक्षिण अमेरिकी क्लब फुटबल च्याम्पियन

news

काठमाडौं । दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबरटोडोरेसको उपाधि अर्जेन्टिनाको रिभर प्लेटले जितेको छ ।

अर्जेन्टिनामा पटक–पटक स्थगित भएपछि गएराति स्पेनको राजधानी मड्रिडमा भएको फाइनलमा आफ्नै देशको बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उपाधि जितेको हो ।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

गएराति भएको दोस्रो लेगको खेलमा रिभर प्लेट अतिरिक्त समयमा ३–१ ले विजयी भयो ।

समग्रमा ५–३ को जित दर्ता गर्दै रिभर प्लेटले बोका जुनियर्समाथि ऐतिहासिक जित दर्ता गर्‍यो ।

कोपा लिबरटोडोरेसको फाइनलमा दुई अर्जेन्टाईनी प्रतिद्वन्द्वी रिभर प्लेट र बोका जुनियर्स भिडेको यो पहिलो अवसर हो ।

कट्टर प्रतिद्वन्द्वीबीचको दोस्रो लेगको खेल रिभर प्लेटको मैदानमा हुनुपर्ने थियो ।

तर बोका जुनियर्सका खेलाडी सवार बसमाथि रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि रोकिएको खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट झन्डै ६ हजार माईल टाढा स्पेनको राजधानी मड्रिडमा सारिएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...