निर्मलाको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाडिन्छ : प्रधानमन्त्री

news

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘सरकारको कुनै संस्थाको एक कर्मचारीले गल्ती गर्दैमा संगठितरुपमा सरकारको विरोध गर्नु राम्रो होइन’–भने ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जालको दुरुपयोग न्यूनीकरण गर्न कदम चालिएको भन्दै प्रेस स्वतन्त्रता र नागरिक अधिकार नखुम्चिएको दाबी पनि गरे ।

त्यसअघि, नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक भ्यालरी जुलिएन्डले नेपालमा प्रेस स्वतन्त्रता खुम्चिनुका साथै राष्ट्रिय मानवअधिकार आयोगका ७५० ओटा सिफारिस कार्यान्वयनको पर्खाइमा रहेको बताएकी थिइन् ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको थियो ।

सोही दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया