कपिलबस्तुमा चोरीनिकासी बढ्यो, २ वटा ट्रकसहित ६८ वटा ट्रयाक्टर पक्राउ

news

कपिलबस्तु । कपिलवस्तु प्रहरीले अवैधरुपमा चोरीनिकासीमा संलग्न २ वटा ट्रकसहित ६८ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

चालू आर्थिक बर्षको हालसम्म ६८ वटा ट्रयाक्टर र दुई वटा ट्रक नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्ला समन्वय समितिले अवैधरुपमा ढुंगाजन्य वस्तुको उत्खनन् तथा निकासी गर्ने ट्रयाक्टरलाई प्रति ट्रयाक्टर २५ हजार रुपैयाँ जरिवाना तिराउने गरेको छ ।

समितिले जेठ मसान्त यता नदीजन्य पदार्थको ठेक्का बन्द गरेसँगै जिल्लाका विभिन्न खोला नालाबाट बालुवा, गिट्टी, मिस्कट र ढुंगा चोर्ने क्रम बढेको हो ।

अवैध चोरी निकासीमा सबैभन्दा बढी ट्रयाक्टर प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।

विषेशगरी वाणगंगा, रामघाट, भलवाडको धिरी, सुरई र चिरई नदीबाट नदीजन्य पदार्थको चोरी बढेको हो ।

सबैभन्दा बढी बाणगंगा नाकाबाट चोरीनिकासीमा संलग्न २८ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ ।

चोरी निकासीमा स्वयम् ट्रयाक्टर धनी पनि संलग्न हुने गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

नियन्त्रणमा लिइएका ढुवानीका साधनबाट १० लाख ९५ हजार रुपैयाँ राजस्व असुल गरिएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया