चीनमाथि अमेरिकाको आरोप

news

वासिंटन, पुस ६ । अमेरिकाले आफ्ना केही सरकारी एजेन्सीमा चीनले ह्याक गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी न्याय विभागले चीनका दुई नागरिकले पश्चिमी देशका सरकारी एजेन्सी ह्याक गरेको आरोप लगाएको हो । यसमा चिनियाँ नागरिक झु हुवा र झेङ सिलोङ संलग्न रहेको बताइएको छ । उनीहरु ‘एडवान्स परसिसटेन्ट थ्रेथ १०’ समूहको सदस्य भएको बताइएको छ । यो समूह चीनको गुप्तचर एजेन्सीसँग नजिक रहेको छ ।

अमेरिकासँग बेलायतले पनि चीनमाथि सोही किसिमको आरोप लगाएको छ । बेलायतले चीनले दुई देशबीच भएको आर्थिक जासुसी सम्झौताको उल्लंघन भएको आरोप लगाएको हो ।

अमेरिकी गुप्चतर एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेले यस बारेमा एक विज्ञप्ति जारी गर्दै आफूहरुले गरेको अनुसन्धानका क्रममा यो गम्भीर विषय भएको र यसले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने देखिएको उल्लेख गरेका छन् ।

उनले अमेरिकालाई आर्थिक रुपमा क्षति पु¥याउने कोसिस भएको बताएका छन् । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...