इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी

news

काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ ।

बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो ।

इरानमा यसै वर्ष सुरु भएको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत फाँसीको सजाय पाउने हामिद रजा बाकेरी तेस्रो उद्योगपति हुन् ।

इरानमा उनी ‘अलकत्राको राजा’को नामले परिचित थिए ।

उनले नक्कली काजगात पेश गरेर सरकारी बैंकबाट ठूलो मात्रामा ऋण लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

बाकेरीलाई भ्रष्टाचारको आरोपमा सन् २०१४ मा पक्राउ गरिएको थियो । उनीमाथि लगाइएको आरोप अलकत्रा खरिदसँगसमेत जोडिएको थियो ।

यसअघि सन् २००७ मा समेत तस्करीको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर उनी रिहा हुन सफल भएका थिए ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...