इन्डोनेसियामा फेरि सुनामी आउने खतरा, मृत्यु हुनेको संख्या २ सय २२ पुग्यो

news

काठमाडौं । इन्डोनेसियाका अधिकारीहरुले फेरि सुनामी आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।

सुन्डा स्ट्रेट तटीय क्षेत्रका बासिन्दालाई पुनः ज्वालामुखी बिस्फोट र सुनामी आउन सक्ने भन्दै सो क्षेत्र आसपास नबस्न अधिकारीहरुले चेतावनी दिएका हुन् ।

यसअघि हिजो ज्वालामुखी बिस्फोटपछि आएको सुनामीमा परेर इन्डोनेसियामा मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ ।

घाइते हुनेको संख्या ८ सय ४८ पुगेको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो ।

सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ ।

सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...