इन्डोनेसियामा सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुग्यो

news

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।

सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी सुनामीमा परेर अझै १ सय २८ जना बेपत्ता भएको र १ हजार ४ सय ५९ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

इन्डोनेसियामा गत शनिबार ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो ।

सुनामीका कारण मृत्यु भएका तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् ।

ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् । यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् ।

भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...