मेक्सिको पुएब्ला राज्यकी गभर्नरको हेलिकोप्टर दुर्घटनामा परी निधन

news

काठमाडौं । मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।

यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि मृत्यु भएको छ ।

पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बनेकी थिइन । उनी पीएएन पार्टीकी सदस्य थिइन(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...