वडासदस्यकै घर ‘अवैध’, डोजर लगाएर भत्काइयो (भिडियो)

news

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाइएका पोखरा महानगरपालिका वडा नम्बर–४ की वडासदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर–५, धारापानीका भरत लिगल र वडा नम्बर–५ मै पर्ने बुलौंदीखोलाको मापदन्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालै ढलान गरेको वडासदस्य परियारको एकतले घरको पिलरसहित घरको संरचना भत्काएको हो । डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ ।

परियारले डोजरको ‘बकेट’मासमेत बसेर घर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास सफल भएको थिएन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया