मूल्यवृद्धि नियन्त्रणदेखि निकासी–पैठारीसम्मका विषयमा प्रधानमन्त्री बेखबर ! गरे बचाउ

news

रमेश ढकाल र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठककलाई सम्बोधन गर्दै वर्तमान सरकार गठन भएपछि विकासको कामले गति लिएको र मुलुक समृद्धितर्फ अघि बढेको दाबी गरे ।

उनले आर्थिक सूचकहरु सकारात्मक रहेको दाबीसमेत गरे ।

तर, सरोकारवाला निकाय र विज्ञहरुले दिएका तथ्यांक र प्रधानमन्त्रीका तथ्यांकमा भने ठूलो अन्तर रहेको छ ।

प्रधानमन्त्रीले प्रस्तुत् गरेका तथ्यांक र नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी केन्द्र, उद्योग विभाग एवं महालेखा नियन्त्रकको कार्यालयका तथ्यांकसँग भने खासै मेल नखाएको पाइयो ।

प्रधानमन्त्रीले मूल्यवृद्धि घटेर ३.७ प्रतिशतमा सीमित भएको तथ्यांक प्रस्तुत् गरे । तर, राष्ट्र बैंकले चालू आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्यांक यही पुस ९ गते सार्वजनिक गरेकोमा मूल्य वृद्धिदर ४.२ प्रतिशत रहेको छ ।

प्रधानमन्त्रीले पुँजीगत खर्च २५.३ प्रतिशतले वृद्धि भएको दाबी गरे । तर, महालेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा सार्वजनिक तथ्यांकअनुसार सोमबारसम्म विकास खर्च जम्मा १५.४९ प्रतिशतमात्र भएको देखिन्छ ।

प्रधानमन्त्रीले व्यापारघाटा १.०५ प्रतिशत घटेको दाबी गरे । तर, व्यापार घाटा कम हुनुको सट्टा झन् बढ्दै गएको तथ्यांक छ ।

यस अवधिमा व्यापार घाटा करिब ३८ प्रतिशतले बढेर ४५४ अर्ब बढी रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्दले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको तथ्यांकमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भइ ३७ अर्ब रुपैयाँ तथा कुल पैठारीमा ३३ प्रतिशतले वृद्धि भइ ६०७ अर्ब पुगेको छ ।

गत वर्षको यसै अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१३.६ रहेकोमा आ.व. २०७५/७६ को यसै अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१६.२ रहन आएको केन्द्रको तथ्यांक छ ।

यसरी आफूले प्रस्तुत् गरेका तथ्यांकमाथि नै व्यापक प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित कार्यक्रममा बचाउ गरे ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया