लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

जिप दुर्घटना हुँदा १५ जना घाइते

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 963 पटक हेरिएको

डडेल्धुरा, पुस २८ । डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नम्बरको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहुँदा गाडी मोड्न नसकेर दुर्घटना भएको घाइतेको भनाइ रहेको छ ।

जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् ।

डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन् । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework