लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

बसको ठक्करबाट चित्तल मर्‍यो, बस नियन्त्रणमा

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 2125 पटक हेरिएको

दाङ, चैत ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा बसको ठक्करबाट एउटा चित्तल मरेको छ ।

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालयनजिकै बसको ठक्करबाट सोमबार (आज) बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट जाजरकोटतर्फ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्कर दिइने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ ।

बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौल को पोथी रहेको छ । उक्त चित्तललाई सेक्टरबन कार्यालय गढुवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । रासस

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.