लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

२८ मुलुकका सैनिक पाँचखालमा, १५ दिने अभ्यासमा के–के हुन्छ ? (भिडियो)

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 17705 पटक हेरिएको

काठमाडौं, चैत ७ । विश्व शान्ति स्थापनाका लागि सहभागी हुने २८ ओटा मुलुकका सैनिकहरु १५ दिने शान्ति अभ्यासका लागि काभ्रेको पाँचखालमा जम्मा भएका छन् ।

पाँचखालको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा नेपाली सेनाले आयोजना गरेको अभ्यासको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

यो अभ्यास यही चैत २१ गतेसम्म चल्नेछ । अभ्यासकाक्रममा शान्ति स्थापनाका लागि परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्चतहमा रहँदा बहन गर्नुपर्ने दायत्वकाबारेमा छलफलसमेत हुनेछ ।

नेपाल विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौं स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ ओटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

नेपाली सेनाका चार हजार ४६२ जनशक्ति हाल विश्वका १५ ओटा मिसनमा खटिइरहेको पनि नेपाली सेनाले जनाएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework