लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बैतडीमा बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

बैतडी, जेठ ५ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्‍याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति पु¥याउँदा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरेले बताए ।

उनले भने, ‘अवरुद्ध फोन सेवा सुचारु गर्नका लागि धनगढीबाट प्राविधिकको टोली आउने भएकाले अझै एक–दुई दिन लाग्छ ।’

मोबाईल सेवा अवरुद्ध हुँदा सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको केही क्षेत्रलगायत स्थानीय बासिन्दा सञ्चारविहीन भएका स्थानीयवासी जयराज अवस्थीले जानकारी दिए ।

सतबाँझमा रहेको टावरले काम नगर्दा सुर्नया गाउँपालिकाको शिखरपुर, शङ्करपुर, रौलेश्वर, वासुलिङ्ग, भौनेलीलगायत क्षेत्र, पाटन नगरपालिकाको गुजर, सिद्धेश्वरलगायत ठाउँमा समेत फोनसेवा अवरुद्ध भएको छ भने सिल्लेकमा रहको टावरले काम नगर्दा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

फोन सेवा अवरुद्ध हुँदा हजारौँ ग्राहकलाई समस्या हुुनाका साथै सञ्चारविहीन भएका छन् । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework