लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भारी बोकेर हिँड्नुपर्ने दिन गए, बझाङ र बाजुराबासीको दैनिक जीवत सहज बन्दै (भिडियो)

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

डीबी विष्ट/ बझाङ, पुस ३० । दुर्गम मानिएको बझाङ र बाजुराको सिमाना थामलेखमा सडक निर्माणसँगै सवारीका साधन पुग्न थालेपछि दुवै जिल्लाका स्थानीय निकै खुसी भएका छन् ।

पैदल यात्रा गरेर बझाङबाट बाजुरा र बाजुराबाट बझाङ गर्ने वर्षौंदेखिको बाध्यता अब अन्त्य भएको छ ।

बझाङ र बाजुरा जिल्लाको बीचमा पर्ने सिमाना थामलेखमा सडक निर्माणसँगै सवारीका साधन जीप संचालनमा आएका हुन् । साना सवारीका साधन संचालनमा आएसँगै स्थानीयको पैदल यात्रा र भारी बोक्ने झन्झट हटेको छ ।

खप्तड छान्ना गाँउपालिकादेखि बाजुराको सदरमुकाम मार्तडीसम्म अहिले सवारीका साधन संचालन हुने गरेका छन् । सवारीका साधन संचालनमा आए पछि स्थानीयले उत्पादन गरेका तरकारी र फलफुलले समेत बजार पाएको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework