लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजनाको मृत्यु

आइतबार, ४ आषाढ, २०७४ मा प्रकाशित, 3975 पटक हेरिएको

बाजुरा, असार ४ । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको हो ।

झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि सदरमुकाम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework