लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

आफ्नै रगतबाट बनेको क्रिम लगाउने सुन्दरी...

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 20679 पटक हेरिएको

काठमाडौं, जेठ ५ । अमेरिकी मोडल हैली बल्डवीनले आफ्नो सुन्दरताको रहस्य आफ्नै रगत मिसाएको ‘फेस क्रिम’ भएको खुलासा गरेकी छन् ।

अमेरिकाको लस एन्जलसमा बस्ने २० वर्षीया हैलीले छालारोग विशेषज्ञको सल्लाहमा आफ्नो पाखुराबाट रगत निकालेर विशेष मेसिनको सहायताले शुद्धिकरणगरी बजारमा पाइने क्रिममा मिसाएर लगाउने गरेको बताएकी हुन् ।

‘लुक म्यागजिन’काअनुसार उनले सबै सौन्दर्य क्रिमहरु छालारोग विशेषज्ञको सिफारिसमा लिने गरेको र ती सबै लोसन तथा अरु क्रिमहरुमा आफ्नै रगत मिसाउने गरेको बताएकी छन् ।

उनले भनिन्–‘मरो पाखुराबाट निकालिएको रगत विशेष मेसिनको सहायताले रक्तकोषिकाहरुलाई छुट्याएर क्रिम बनाइ दैनिक लगाउने गर्छु । यो विधि अचम्मको छ, यसले मेरो सुन्दरतालाई अझै निखारीदिएको छ ।’

एनजेठहेराल्ड’ अनलाइनसँग कुरा गर्दै उनले आफ्नै रगतले बनाएको क्रिम लगाउँदा त्वचा नरम भएको र आफ्नो आत्मविश्वास बढेको बताएकी छन् ।

आफ्नो शरीरको छालाको स्वास्थ्य र सौन्दर्यप्रति पागल भएको बताउने यी सुन्दरीले पहिले आफ्नो अनुहारमा कालोधब्बा रहेको र पछि क्रिम बनाएर प्रयोग गर्न थालेपछि विस्तारै हट्दै गएको बताएकी छन् ।

हैलीले आफू बिनामेकअप झन् सुन्दर देखिन थालेकोसमेत बताएकी छन् । आफू प्राकृतिकरुपमै सुन्दर देखिन चाहेकोले यस्तो विधिको अनुशरण गर्नुपरेको उनको भनाइ छ ।

हैलीले गत सोमबारमात्रै आफ्नो सुन्दरताको रहस्य लुक म्यागजिनसामु खोलेकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework