लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाँकेमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

आइतबार, ४ आषाढ, २०७४ मा प्रकाशित, 2698 पटक हेरिएको

बाँके, असार ४ । बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच झडप भएको छ ।

मनोनयन दर्तासँगै शक्ति प्रदर्शन गर्ने क्रममा दुई दलका कार्यकर्ताबीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

मनोनयन दर्ता गरेर फर्किदै गरेका एमाले र मनोनयन दर्ता गर्न जाँदै गरेका माओवादी केन्द्रका कार्यकर्ताबीच बीच झडप भएको प्रहरीले जनाएको छ । मनोनयन दर्ता गरी फर्केको एमालेले सभा गरिरहेका बेला माओवादीको जुलुसले सभालाई बाधा पुर्‍याएपछि ढुङ्गा हानाहान भएको थियो ।

झडपमा २ जना प्रहरीसहित तीन जना घाइते भएको जनाइएको छ ।

एमाले सांसद दलबहादुर सुनारले सम्बोधन गर्ने क्रममा झडप भएको थियो । झडप नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework