लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बर्दियामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

सञ्जय आचार्य (इमेज): बर्दिया, वैशाख ४ । बर्दियाको मधुवन नगरपालिका वडा–५ स्थित डाडे सामुदायिक वनमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।

घर लिप्ने माटो लिन गएकामध्ये स्थानीय २५ वर्षीया गणेश शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घाइते हुनेमा स्थानीय २१ वर्षीया शुर्जा शाही र २६ वर्षीया सुस्मिता बिक छन् ।

मंगलबार बिहान माटो झिक्नेक्रममा सो घटना भएपछि सँगै गएका अरु महिलाले घाइतेको उद्धार गरेका थिए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework