लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विद्यालय कि वधशाला !

सोमबार, ४ पुष, २०७३ मा प्रकाशित,

आजभन्दा डेढ दशकअघि शिक्षक मुक्तिनाथ शर्मालाई दुराडााँडाको सर्वोदय माध्यमिक विद्यायलयको प्राङ्गण अगाडि रुखमा बाँधेर गोली ठोकी हत्या गरेका थिए माओवादीहरुले । मान्छेभित्र चेतनाको विकास गर्ने र सामाजिक जागरणको संबाहक मानिने शिक्षकमाथि भएको त्यो निर्मम प्रहार समाज सभ्यता र सिङ्गो मानवतामाथि क्रूर दमनको नमूना थियो । यस्ता सयौं शिक्षक र हजारौं सर्वसाधारण नगरिकको हत्या माओवादी आतङ्क कालमा गरियो ।

नरेन्द्रराज पौडेल -

आजभन्दा डेढ दशकअघि शिक्षक मुक्तिनाथ शर्मालाई दुराडााँडाको सर्वोदय माध्यमिक विद्यायलयको प्राङ्गण अगाडि रुखमा बाँधेर गोली ठोकी हत्या गरेका थिए माओवादीहरुले । मान्छेभित्र चेतनाको विकास गर्ने र सामाजिक जागरणको संबाहक मानिने शिक्षकमाथि भएको त्यो निर्मम प्रहार समाज सभ्यता र सिङ्गो मानवतामाथि क्रूर दमनको नमूना थियो । यस्ता सयौं शिक्षक र हजारौं सर्वसाधारण नगरिकको हत्या माओवादी आतङ्क कालमा गरियो ।

पत्रकार डेकेन्द्र थापादेखि स्वतन्त्रताप्रेमी स्वाभिमानी नागरिक र राष्ट्रसेवकहरुको हत्या श्रृङ्खला जनयुद्धकै नाममा मौलाएर देशभरका गाउँशहर हिमल पहड सवैतिर फैलियो । दश वर्षसम्म अबाधरुपमा चल्दै गयो । अनि २०६२ पछि दिल्ली संझौताको गलपासो भिर्दै हात लाग्यो फुस्सा बनेर औपचारिक रुपमा दण्डहीनताको विश्रान्तिमा विलायो ।निम्न वर्गको उत्थान र साम्यवादी राजनीतिका आवरणमा चलेको त्यो आततायी हत्याको प्रवृत्ति र घटनाको श्रृङ्खला पछिल्ला दिनहरुमा माओवदीकै फर्मुलाअनुसार समाजमा मस्सल प्रभुत्व कायम गर्ने वर्गीय कित्तातिर मोडिएको छ । त्यसै मध्येको एउटा दुर्दान्त पाशविक बर्रबरता केही दिन अघिमात्र एक उत्पीडित महिलाको हत्यामा परिलक्षित भएको छ । जातीय विद्वेषको कपटपूर्ण आसय पनि मूर्तरुपमा प्रकट भएको छ त्यहाँ ।

काभ्रेको सानो बाङथली भन्ने दूरदराजको गाउँमा अगिल्लो हप्ता भएको घटना थियो त्यो । हिरा लमा नाउका स्थानीय विद्यालयका शिक्षकबाट.आफैंले पढाउने गाउँको विद्यालयकै प्राङ्गणमा ठडिएको पोलमा डोरीले टनटनी कसेर सोही गाउकी तीस बर्षे लक्ष्मी परियारलाई मानव मलमूत्र खुवाउने अपराधपूर्ण अमानवीय कार्य गरियो । हात खुट्टा पोलमा बाँधिएकी लक्ष्मीलाई जवर्जस्ती मलमूत्र कोचाउने महिला पनि शिक्षक हिरा लामाकै आमा थिइन । पीडित लक्ष्मीको दश वर्षे छोरासमेत साक्षी रहेको सो घटनमा उपस्थित गाउँले समाजकैसामु हिरा लामाले मरणासन्न हुनेगरी निर्घात कुटपिट गरेका थिए । त्यतिबेर उनकी छिमेकी महिलाले हिरालाई रोकेर लक्ष्मीलाई बन्धनबााट छुटाएपछि उनी दुइ वर्षे कलिलो बच्चा च्यापेर रुँदै आप्mने घरतिर लागेकी थिइन । तर अपराधकर्मी हिरा लामाले पीछा गर्न छेडेनन । आप्mनो घरतिर जाँदैगरेकी लक्ष्मीलाई बाटोमा पिछा गर्दै चिर्पटले हानेर थिलथिलो बनाएर छोडे, परिणामस्वरुप दुइ दिनपछि घाइते लक्ष्मीको देहावसान भएको थियो । उनैको दश बर्षे छोराले भनेपछिमात्र यो कुरा प्रकाशमा आएको थाहा हुन्छ ।

यातायात र सञ्चारको पउल प्रगति भइसकेको वर्तमान अवस्थामा यति ठूलो घटना स्थानीय प्रशासनको नजरमा नपरेको भने होइन । मिडियाहरुको पनि दृष्टि पुगेकै हो । तर कतैबाट पनि अपराधमा संलग्न प्मुख कारणीविरुद्ध बेलैमा कानूनी राज्यको अनुभूति हुने खालको काम भएन । उल्टै भोलीपल्ट घटना स्थलमा पुगेका स्थानीय सुरक्षा निकायका प्रमुखले नै मानव मलमूत्र खुवाउने शिक्षक र उनकी आमा र पीडित महिलाकी सासुको बीचमा मिलापत्रको कागज गराएको कुरा प्रकाशमा आयो । लक्ष्मीमाथिको अत्याचार गर्ने शिक्षक हिरा लामा गाउँमा निकै प्रभावशाली र समुदायविशेषको अगुवा पात्र भएकाले उनीमथि औंलो ठड्याउने खतरा मोल्न गाउँमा कोही तयार भएन । ठूलाठालू र बलीयाबाङ्गा मान्छेले जे जस्तै प्रकारको अत्याचार गरेपनि त्यसको प्रतिवाद गर्नु स्वयंमा खतरापूणर््ा कार्य मानिन्छ । गाउँकै विद्यालयमा सामाजिक शिक्षा पढाउने शिक्षकले नै तल्लो जातकी भनिने असहाय महिलामाथि अत्याचारपूर्ण दुव्र्यवहार गरिनु र त्यसउपर कार्बाही न ्हुनुलाइ राज्य वर्वरताको पनि नमूना मान्नु पर्छ । भैसी काटेको आरोपमा पीडित महिलालाई उल्टो दण्डित गर्ने प्रहरी कार्वाहीले अपराध कर्मलाइ कता मोड्न खोजिएको छ र यो देशको सुरक्षा निकायहरुमा खटिने राष्ट्सेवकले सत्यसेवा र सुरक्षाको नाउँमा कस्तो कस्तो तालीम पाएका छन अनि कति सक्षम र सवल मानिस खटिने गर्छन त भन्ने प्रश्न चिह्न पनि खडा भएको छ । सुरक्ष्कर्मीकै लापर्वाही र संवेदनहीनताको कारणले पनि नितान्त रोमाञ्चक र निर्मम व्यवहारको नयाँ उदाहरण बनेको छ यो केस ।

कुनै जातजाती र समुदाय विशेषको जनसख्या अधिक भएको र आर्थिक सामाजिक दृष्टिले बलियो पहुँच हुने व्यक्तिले कम संख्या र विपन्नतामा बाँचेका मानव समुदायमाथि अत्याचार दमन र शोषण गर्ने प्रवृत्ति गणतन्त्र कालपछि झन झन बढ्दै गएको छ । अलि बर्षअघि ललितपुरको ग्रामिण भेगमा विमला गोले नउँकी प्राथमिक शिक्षिकाले दलित जातकी युवति कल्ली बिकलाइ मानव मलमूत्र कोचाएर मरणासन्न हुनेगरी कुटपिट गरेकी थिइन । हत्या प्रयासकै रुपमा भएको सो वारदातमा छानवीन गर्न गएका सुरक्षाकर्मीलाई समेत हूलहुज्जत गरी स्थानीय समुदायले गाउँ प्रवेश गर्नै नदिएर लखेटेका थिए । पछि हतहतियार र थप मद्दतसहित गएका प्रहरी टोलीले स्थिति कावुमा लिएपछि अपराधमा संलग्न शिक्षिकालाई कनूनी कठघरामा उभ्याइएको थियो । तर अपराध कर्मीलाई नै साधारण तरिखमा अदालतले छोडिदिएपछि त्यत्रो घटना केही दिनपछि नै फस्सफुस्स बतासे पूmल सावित भयो । प्रति दिन बढ्दो संक्रमण कालीन अव्यवस्थाले गर्दा न्यायक्ष्ोत्रसमेत अछूतो नरहने हुुँदा बेलाबखत समाजमा सल्बलइरहने अपराधकर्मीको मनोवल स्वभावतःबढ्ने नै भयो । त्यस्तै कैलालीकी राजकुमारी राना , रुपन्देहीकी अनारी हरिजन, मोरङ बेलबारीकी माया सार्की, फर्पिङकी मैना मगर, जोरपाटीकी सुनिता पुडासैनीलगायत थुप्रै महिलाहरु वर्षैसाल बोक्सीको आरोपमा मलमुत्र कोचाइ कुटपीट गरिने पात्र र हत्याको शिकारसमेत बनीरहेका छन । खासगरी नेपलका तराइ र दुर्गम ग्रमीण भेगभागहरुमा अदृश्यरुपमा यस्ता कति घटन घटिरहेका छन, लेखाजोखा न बराबर छ ।

आर्थिक हैसियतले माथि परेका कुनै पनि समुदायले आफ्नो भेगभागको शान्ति सुरक्षा र ऐन कानूनलाइ हातमा लिएर कम्जोर निमुखा वर्गमाथि अत्यचार गर्ने अमानवीय प्रवृत्ति गणतन्त्र कालमा झन झन बढ्दै आएको छ । खासगरी निम्न आय र सामाजिक हैसियतमा पछि परेका भुइँमान्छे र त्यसमा पनि अछुत भनिने महिलाहरुले नेपालका तराइ पहाड जताततै समानरुपले यो अमानवीय क्रूरता र पाशविक व्यवहारको कहर भोगी रहेका छन । केही दिन अघिमात्र काठमाण्डूकै मनमैंजुमा एक युवतिलाई काटेर देवीको बली चढाउन तान्त्रिकको घरमा राखिएको समाचार प्रकाशनमा आएको थियो । युवतिले कसो कसो चाल पाएर जिउ जोगाउदै भागेकी थिइन ।

तथाकथित जनयुद्धको नाममा माओवादीले सिर्जना गरेको जातीय प्रदेश र स्वायत्त राज्यको विषाक्त हल्ला पछि विभिन्न जात जातीहरुकै वीचमा आपसि विभेद र तिक्तताका साथै तेरोमेरो भन्ने अन्तरभेदभावको पर्खाल खडा हुन पुग्यो । यही विषाक्त भावनाले भाँडिएका अबोध समुदायहरु सामाजिक मेलमिलाप र युगीन भाइचारा छाडेर द्वन्दको मानसिकतामा रुमलिन पुगे । हुदाहुदै युगौंदेखि मिलीबसेका नेपालीबीचका सम्वन्धलाई छिन्नभिन्न पारेर राष्ट्रियता र सार्वभौमिकतालाईसमेत कमजोर पार्ने नियतले विभिन्न धार्मिक अस्त्रसमेत प्रयोग भइरहेका छन । भूकम्प पीडितको नाममा बाँडिएको सहयतामासमेत धर्मप्रचारको हतकण्डा प्रयोग भएको छ ।

शताव्दीयौंदेखि आपसमा मिलेर बसेका एकले अर्को जातजाति र धर्मिक समुदायमाथि समन्वय सदभाव अनि भाइचाराको भाव कायम गरी आएका नेपालीहरुलाई माओवादी सिर्जित जाति र प्रदेशबादले निकै हल्लाएर छोड्यो । नेपलभित्र थरीथरीका राष्ट्यिता रहेको प्रचार गर्दै युगौंदेखि एकताबद्ध समाजलाई विदेशीका इसारमा छिन्नभिन्न पर्ने कुटिल चाल चाल्नमा मओवादी अब्बल रहे । उनीहरुको उत्थनमा जतीय नारा मुख्य करक रह्यो । अस्तित्व रक्षामा अझै कारक रहदै आएको पनि छ ।

पहिलो संविधानसभाले नयाँ संविधान तयार गर्न नसक्नुमा विखण्डनको ताप र जातीयताको राप नै मुख्य कारक थियो भन्ने सवैले बुझेकै विषय हो । त्यतिवेर सर्वसाधारण नागरिकलाई जातीय राज्यका असंभव सपना देखाएर नेपाल र नेपालीले निर्वाह गर्दै आएको मूल प्रबाहबाट अलग्याउने दुःसाहस भयो । भवनात्मक नसाले वस्तविकताका धरातलमा काम दिन छाडेपछि त्यो विषाक्त भावना पनि अलि मत्थर हुुँदै आएर वर्तमान संविधानको घोषणासम्म हुन संभव भएको थियो । तर लागू गर्नेतर्फ अभैm सर्वदलीय सूझबूझ तथा सहमति कायम हुन सकेको छैन । फलस्वरुप निरन्तरको संक्रमणकालीन असुरक्षा र भेदभावको शिकार बनेर लक्ष्मी वि क जस्ता अकिञ्चन निरीह नेपाली महिलाले थरीथरीका अत्याचार खपेर अन्यायमा ज्यान गुमउनु पर्ने छ , न्यायिक निस्पक्षता, सामजिक सद्भव र कानूनी राज्यको स्थिरता कायम न भएसम्म परी नै रहने छ ।   

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework