लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

श्रृंखलावद्ध बम आक्रमणमा ५१ जनाको मृत्यु, युएईका राजदूतसमेत घाइते

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 20372 पटक हेरिएको

काबुल, पुस २७ । अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् ।

काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् ।

यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् ।

त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । त्यहाँ गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्ट हाउसलाई लक्षित गरि आक्रमण गरिएको थियो ।

संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशरफ घानीले आक्रमणमा संलग्न सबैलाई दण्डित गरिने बताएका छन् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.