लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

'कल्पवृक्ष'को अंग्रेजी संस्करण सार्वजनिक

आइतबार, २२ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २२ । नेपाल बैंक लिमिटेडका अध्यक्ष जनार्दन आचार्यद्वारा लिखित संस्मरणात्मक पुस्तक कल्पवृक्षको अंग्रेजी संस्करण ‘कल्पवृक्ष (द वीश फुलफिलिङ ट्री)’ को सार्वजनिक गरिएको छ ।

बानेश्वर, भिमसेनगोलास्थित श्री सत्यसाई केन्द्रमा नियमित भजन तथा सत्सङग समारोहमा पुस्तक सार्वजनिक गर्दै पूर्वमन्त्री महेश आचार्यले लेखकले साईबाबालाई कल्पवृक्षका रुपमा चित्रित गरेको उल्लेख गर्दै प्रस्तुत पुस्तक हरेक उमेर र वर्गका व्यक्तिहरुका लागि प्रेरणादायी भएको बताए ।

कार्यक्रममा पुस्तकका लेखक जनार्दन आचार्यले साईलिला समेटिएको संस्मरणात्मक पुस्तक कल्पवृक्ष सन् २०१० मा प्रकाशित भएकोमा अंग्रेजी संस्करणको पनि माग भएकोले सात वर्षपछि अंग्रेजी संस्करण प्रकाशन गरेको बताए ।

कल्पवृक्षको अंग्रेजी संस्करणको सम्पादन मुकुन्द अर्यालले गरेका हुन् भने स्नेहा शर्माले अंग्रेजी भाषामा अनुवाद गरेकी हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework