लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

बगरमा सिम साग खेतीः मासिक १५ हजार आम्दानी(भिडियो हेर्नुहोस)

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 4405 पटक हेरिएको

धनकुटा, पुस २८ । प्रयोगविहीन हुँदै गएका खोलाका बगरबाटै मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण धनकुटाका सर्वसाधारणले देखाएका छन् ।

-कविराज घिमिरे, ईमेज

धनकुटाको भेडेटार गाविस–३ स्थित सिम्सुवा गाउँका कृषकले खोला र बगरमा सिम सागको खेती गरेर मनग्ये आम्दानी गर्न थालेका हुन् ।

भेडेटार गाविस–३ सिम्सुवा गाउँका २६ परिवारले सिम सागको खेती गरेरै राम्रो आम्दानी गरिरहेका छन् । स्थानीय कृषकले सिमसुवा र लेउती खोलाको करिब एक सय रोपनी जमिनमा सिम साग खेती गर्दै आएका छन् ।

खेतीयोग्य जमिनमा अन्नबाली उत्पादन गर्दै आएका किसानले प्रयोग विहीन खोलाको बगरमा भने सिम साग खेती गरी मनग्गे आम्दानी गर्दै आएको स्थानीय खेलबहादुर लिम्बुले बताए ।

सिम सागको खेती गर्न कुनै मल, बिउ र औषधिको समेत आवश्यक नपर्ने किसानहरु बताउँछन् । एक पटक लगाएपछि पटक–पटक आम्दानी लिन सकिने र अन्य पेसामा जस्तो मेहनत गर्नु नपर्ने भएका कारण स्थानीय सिम साग खेतीतर्फ आकर्षित भएका हुन् ।

प्रयोगविहीन खोला तथा बगरबाट मासिक ९ देखि १५ हजार रुपैयाँसम्म कमाउने गरेको स्थानीय टिका लिम्बुले जानकारी दिए ।

सिम सागबाट मात्रै यो गाउँका २६ परिवारले बार्षिक १२ लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् । धरान–धनकुटा राजमार्गले छोएका कारण खोला आसपासमा उत्पादित सिम सागका लागि बजारको पनि कुनै समस्या छैन ।

व्यापारीहरुले किसानको बारीमै पुगेर सिम साग खरिद गर्ने गरेका छन् । सरकारले विभिन्न बालीको खेतीका लागि सहयोग गर्दै आएको छ । तर सिम सागका लागि भने कुनै सहयोग नगरेको स्थानीय विष्णुमाया लिम्बु बताउँछिन् ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.