लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

शेयर बजार सकारात्मक, नेप्सेको अंक हरियोमा थामियो

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 886 पटक हेरिएको

काठमाडौं, साउन १ । साताको शुरुको दिन आइतबार शेयर बजार सकारात्मक रहेर थामियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से मात्र १ अंक बराबरले हरियो रहेर १५ सय ८३ दशमलब पाँच सात कायम भएर थामियो ।

वित्त, वाणिज्य बैंक र बीमा समूह सकारात्मक रहेसंगै नेप्से हरियो रहन पुगेको हो ।

वित्त समूह १० अंकले उकालो लाग्यो । वाणिज्य बैंक र बीमा समूह सामान्य अंकले मात्र हरियो रहे ।

जलविद्युत, होटल, अन्य, विकास बैंक र उत्पादनमूलक समूह सामान्य अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको १२ लाख ९४ हजार कित्ता शेयर ६८ करोड १२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework