लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

असोज देखि नेपालमा सिटामोल लगायत चक्की औषधी उत्पादन गरिने

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 7709 पटक हेरिएको

काठमाडौं, साउन १ । नेपाल औषधी लिमिटेडले असोज १ गतेदेखि सिटामोल लगायतका चक्की औषधी उत्पादन गर्ने गरी कार्य अगाडि बढिरहेको जनाएको छ ।

औषधी उत्पादनका लागि नयाँ मिसिन जडानका लागि भौतिक पुर्वाधार मर्मतका कार्य पनि भईरहेको जनाएको छ ।

पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले कम्पनीको प्रगतीबारे जानकारी लिन आइतबार गरेको अनुगमनमा औषधी कम्पनीले योजना अनुसार नै काम भईरहेको जनाएको हो ।

लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले असोज १ गतेसम्म सिटामोल उत्पादन हुने बताए । कम्पनीले गुणस्तरियता र मूल्यलाई ध्यानमा राखेको उनले उल्लेख गरे ।

पूर्व मन्त्री जोशीले लिमिटेडको प्रगती सन्तोषजनक रहेको भन्दै योजना अनुसार अगाडि बढ्न आग्रह गरे । उनले गुणस्तरियता र मूल्यलाई ध्यान दिन पनि आग्रह गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework