लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको प्रगति जारी

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 817 पटक हेरिएको

काठमाडौं, साउन २८ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था गत आर्थिक बर्षमा शतप्रतिशत जस्तो नाफा बृद्धि गर्न सफल भएको छ ।

बैंकको शनिबार सम्पन्न बार्षिक साधारणसभामा संस्थाले प्रगति जारी राखेको जानकारी गराइएको हो ।

संस्थाले गत आर्थिक बर्ष २०७३/०७४ मा मुनाफा अघिल्लो बर्षको तुलनामा ९० प्रतिशतले बढाई ८६ लाख २१ हजार रुपैयाँ बराबर पुर्याएको हो ।

अध्यक्ष शिवदीप लोहनीले प्रगति विवरण प्रस्तुत गर्दै २०७० जेठ बाट मात्र औपचारीक रुपमा कारोबार शुरु गरेको संस्थाले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको जानकारी गराए ।

हाल ९०६ जना शेयर सदस्यको ४ करोड ३१ लाख शेयर पूँजी रहेको संस्थाले चालु आर्थिक बर्षमा १५ सय सदस्य पुर्याई ५ करोड शेयर पूँजी र ३० करोड बचत संकलन पुर्याउने लगायतका लक्ष्य राखेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework