लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाख्रापालन गरेर मालामाल आम्दानी, विद्याचन्द्र गाउँकै ‘आदर्श व्यक्ति’

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

उपेन्द्र खनाल/ईमेज: तनहुँ, असोज २६ । चार वर्ष अघिसम्म भैंसीपालेरै परिवारको गुजारा चलाउँदै आएका तनहुँको व्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको दैनिक अहिले परिवर्तन भएको छ ।

२०६९ सालमा हेफर इन्टरनेसनलले बाख्राका १० वटा पाठी र एउटा ब्याडे बोको दिएपछि बाख्रापालन फार्मको स्थापना गरी अधिकारी व्यावसायीक वाख्रापालनमा लागेका हुन् । उनले बाख्रापालनबाटै राम्रो आम्दानी गरिरहेका छन् ।

तनहुँको ब्यास नगरपालिका–८ बाङ्गेटारीका विद्याचन्द्र अधिकारीको बाख्रापालन फार्ममा अहिले अस्ट्रेलियन विटल क्रस जातका वाख्राका पाठापाठी एवम् खरी जातका बाख्राका माऊ रहेका छन् ।

हेफर इन्टरनेसनलले २०६९ सालमा दिएका १० वटा पाठीलाई हुर्काएर अधिकारीले सोही वर्ष ६० हजार आम्दानी गरेको बताए ।

उक्त आम्दानीले व्यावसायीक वाख्रापालनमा आफूलाई झनै उर्जा मिलेको अधिकारीको भनाई छ ।

अधिकारीले वर्षैपिच्छे वाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । ४ वर्षमा आईपुग्दा अधिकारीले वार्षिक खर्च कटाएर ३ लाख आम्दानी भएको बताए ।

अधिकारीको फार्ममा हाल वोयर विटल क्रसका १५ वटा माउ वाख्रा छन् । उनको फार्ममा साना–ठूला गरी ५७ वटा वाख्रा छन् ।

अधिकारीले बाख्रा चराउन लैजान सिठीको प्रयोग गर्र्ने गर्नुभएको छ । बाख्रालाई तालिम दिएर सिठीको संकेतको प्रयोगसहित चराउने लैजाने गरेको उनले बताए ।

बाख्रा पालनमा राम्रो उन्नति गरेको भन्दै अधिकारीलाई हेफर इन्टरनेसनलले पश्चिमाञ्चलमै उत्कृष्ट बाख्रापालक कृषक घोषणासहित १ लाख रुपयाँ पुरस्कार दिएको छ ।

जिल्ला पशु सेवा कार्यालय तनहुँले खोर र गोठ सुधारबाट ५० हजार र ब्याडे बोकाका लागि १० हजार गरी ६० हजार सहयोग गरेको छ ।

अधिकारीले आफूले मात्र बाख्रा पालन नगरी अन्य युवालाई समेत यसतर्फ आकर्षित गर्ने गरेका छन् ।

सहुलियत दरमा पाठापाठी उपलब्ध गराउँदै बाख्रापालनमा युवाको आकर्षित गराउने उनी जिल्लाकै उत्कृष्ट किसान बन्न सफल भएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework