लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अलैंचीको बजार मूल्यमा केही सुधार, प्रतिमन १२ हजार रुपैयाँले मूल्यवृद्धि

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

ताप्लेजुङ, पुस २९ । ताप्लेजुङसहित पूर्वी पहाडि जिल्लामा उत्पादित अलैंचीको बजार मूल्यमा केही सुधार आएको छ ।

अलैंचीको प्रतिमन १२ हजार रुपैयाँले मूल्यवृद्धि भएसँगै स्थानीय कृषकलाई केही राहत भएको छ ।

विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुमा २५ हजारमा झरेको थियो ।

अलैचीको मुख्य बिक्री स्थल मानिएको झापाको बिर्तामोडमा अहिले उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताए ।

पूर्वी जिल्लामा उत्पादित अलैंची झापाको विर्तामोडमा संकलन गरी भारतीय बजार हुँदै विभिन्न देशमा बिक्री गर्न पठाइने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैंची व्यापारीहरु बताउँछन् ।

यसअघि लगातार अलैंचीको मूल्यमा गिरावट आउँदा किसान मारमा परेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework