लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भिसा डोमेस्टिक कार्डको प्रयोगले १० प्रतिशत सम्म नगद फिर्ता

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ३० । बैंकहरुले भिसा डोमेस्टिक कार्डबाट कारोबार गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरि नेपालका ११ वटा वाणिज्य एवं विकास बैंकले संयुक्त रुपमा ‘भिसा कार्ड क्यास ब्याक स्किम योजना’ ल्याएको जनाएका हुन् ।

नेपाली समाजलाई नगदरहित कारोबारमा रुपान्तरण गर्ने उद्देश्यले यस्तो योजना ती बैंकहरुले जनाएका छन् ।

होटल, रेस्टुरेन्ट, हस्पिटल, सपिङ्ग मल जस्ता स्थानमा कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छन् ।

भिसा डोमेस्टिक कार्डबाट जति धेरै पटक कारोबार गर्‍यो त्यति नै बढि क्यास ब्याक फिर्ता हुने जनाइएको छ ।

सेञ्चुरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल क्रेडिड एण्ड कर्मस बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले यो योजनाको लाभ लिन सक्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework