लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कार चोरी गर्न गधाको प्रयोग !

बिहीबार, १९ साउन, २०७४ मा प्रकाशित,

जोहानेसबर्ग, साउन १९ । चोरहरुले चोरीका लागि अनौठो विधि प्रयोग गर्न थालेका छन् । दक्षिण अफ्रिकामा कार चोरी गर्ने गिरोहले गधा प्रयोग गरेर कार लैजाने गरेको तथ्य प्रकाशमा आएको छ ।

प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजादै गरेको अवस्थामा बरामद भएको छ । गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो ।

स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए ।

गत वर्ष डिसेम्बरमा पनि डर्बनबाट चोरी भएको एक कारलाई नदी पार गराउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

कार लैजान गधाको प्रयोग किन भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थापा पाउन सकिन्छ । उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुन सक्छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework