लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चमेलिया जलविद्युत् आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन सुरु

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

डडेल्धुरा, पुस ३० । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले १५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।

करिब १६ अर्ब रुपैयाँको लागतमा ३० मेघावाट क्षमताकोे विद्युत गृहमा दुईमध्ये एउटा युनिटबाट उत्पादन शुरु गरेसँगै १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

सन् २००७ मा पाँच वर्षमा सम्पन्न हुने गरी शुरु भएको बहुचर्चित चमेलिया विद्युत् आयोजना विभिन्न कारणले ढिलाई भएको हो । नेपाल विद्युत् प्राधिकरणले चमेलियाको विजुली माघ ४ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोड्ने तालिका बनाएको थियो । तर चार दिनअघि नै विद्युत् उत्पादन शुरु भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework