लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चीनसँग नेपालको प्रस्ताव– ‘रेल लिंकमा काठमाडौं जोडौं’

सोमबार, १ जेष्ठ, २०७४ मा प्रकाशित, 19365 पटक हेरिएको

काठमाडौं, जेठ १ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्गको लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ ।

बेइजिङमा आइतबार सुरु ‘वान बेल्ट वान रोड’ (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई यस्तो आग्रह गरेका हुन् ।

स्याफ्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ । यसका लागि चीनले सहयोग गर्नुपर्‍यो ।’

सडक विस्तारमा चिनियाँ सहयोगसम्बन्धी सम्झौतालगत्तै दुई देशका उपप्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्ध, विकास प्रक्रिया, नेपालमा चीनले गर्ने लगानीलगायत विषयमा छलफल भएको थियो ।

चीनले यसअघि पनि काठमाडौंसम्म रेलमार्ग ल्याउने र त्यो रेललाई पोखरा–लुम्बिनीसम्म लैजाने विषयमा छलफल गरेको अधिकारीहरुले जनाए ।

सोही अवसरमा नेपाल–चीन अन्तरसीमा आर्थिक विकाससम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework