लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तीन करोड ८० लाख अमेरिकी डलरमा बिक्यो ऐतिहासिक कचौरा

शुक्रबार, २० असोज, २०७४ मा प्रकाशित,

हङकङ, असोज २०। हङकङमा चुन ढुंंगाबाट बनेको एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ ।

चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले किनेका हुन् । उनले आफनो परिचय गोप्य राखेका छन् ।

यो कचौरा एक हजार वर्ष पुरानो मानिन्छ ।

१३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो । २० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।

यसअघि चीनको राजबंशको समयको मदिराको एक प्याला ३ मिलियन अमेरिकी डलरमा बिक्री भएर रेकर्ड कायम गरेको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework