लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

दाहालले देश टुक्रयाउन सुरु गरे : चित्रबहादुर केसी

शुक्रबार, २४ मंसिर, २०७३ मा प्रकाशित, 17496 पटक हेरिएको

संघीयता यो देशका लागि आवश्यक नै होइन । जनताका लागि आवश्यक नै होइन । यति सानो देशका लागि के को संघीयता ? जनतालाई घरघरमा सेवा दिन विकेन्द्रीकरणको सिद्धान्त अँगाल्नु जरुरी छ । यदि संघीयता लागू भयो भने देश विखण्डनमा जान्छ । ठुला भनेका दलहरुले बेलैमा बुद्धि पुर्‍याउनु जरुरी छ ।

संविधान कार्यान्वयनको सकस देखिएका बेला कांग्रेस माओवादी केन्द्रले प्रदेश नम्बर पाँचको पहाडी जिल्लालाई मधेसबाट अलग्याउने प्रस्ताव अगाडि सारेका छन् । यसको विरोधमा उक्त प्रदेशमा चर्को प्रदर्शन सुरु भएको छ । प्रदेशका नाममा जहीँतहीँ विरोध देखिएपछि धेरैले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई सम्झिन थालेका छन् ।केसीले यो मलुकमा संघीयता असफल हुने दाबी गर्दै विरोध गरिरहेका छन् । प्रस्तुत छ- समसामयिक विषयमा चित्रबहादुर केसीसँग गरिएको छोटो कुराकानी :

प्रदेश सीमाङ्कनका नाममा प्रमुख दलहरुबीच देखिएको विवादलाई कसरी हेर्नु भएको छ ?

देश टुक्रयाउने खेल भईरहेको छ । यसमा पुष्पकमल दाहाल लागिपरेका छन् । यति सानो मुलुकमा संघीयता होइन, विकेन्द्रीकरण आवश्यक हो भन्ने मागलाई उनले कहिल्यै ध्यान दिएनन् । उनी भारतका प्रतिनिधिका रुपमा राजनीति गर्दैछन् । कांग्रेस, एमाले उनको पुच्छर समातेर हिडिरहेका छन् ।

अब संघीयताबाट पन्छिन सम्भव छ र ?

सम्भव/असम्भवको कुरा भएन । देशका लागि आवश्यक के हो, त्यता ध्यान दिनु पर्‍यो । देशै रहेन भने केको संघीयता ? देशको अवस्था नाइजेरिया, सुडान र इथियोपियाजस्तो हुँदैछ । संघीयताले देश टुक्रन्छ भन्ने हाम्रो दावी विस्तारै सत्य सावित हुँदै छ कि छैन ? अहिले संघीयताकै कारणले मुलुकमा द्वन्द्व देखिएको छ ।

यति ठूलो परिवर्तनका क्रममा विवाद देखिनु सामान्य होइन र ?

केलाई सामान्य भन्ने ? मुलुकले संघीयताका नामा धेरै लामो कष्ट बेहोरेको छ । अझै के–के हुने हो हेर्न बाँकी छ । विवादै नभएको प्रदेश नम्बर पाँचबाट पुष्पकमल दाहालले पहाडबाट मधेस अलग बनाउन प्रस्ताव अघि सारेका छन् । यो नै देश टुक्रयाउने पहिलो कसरत हो ।

संविधान संशोधनाट विवाद साम्य हुन्छ भनिदै छ नि त ?

विवाद के को ? कसको ? नेपालको संविधानका बारेमा भारतले विवाद निकाल्ने अनि संसदबाट उसले जे–जे भन्छ त्यही–त्यही मानेर संशोधन गर्दै जाने ? जब जनताले मान्नेवाला छैनन् । पुष्पकमल दाहालले आफ्नो सक्कली अनुहार बल्ल देखाएका छन् । उनले देश टुक्रयाउने काम सूरु गरिसकेका छन् ।

के संघीयता लागू हुँदैन त नेपालमा ?

संघीयता यो देशका लागि आवश्यक नै होइन । जनताका लागि आवश्यक नै होइन । यति सानो देशका लागि के को संघीयता ? जनतालाई घरघरमा सेवा दिन विकेन्द्रीकरणको सिद्धान्त अँगाल्नु जरुरी छ । यदि संघीयता लागू भयो भने देश विखण्डनमा जान्छ । ठुला भनेका दलहरुले बेलैमा बुद्धि पुर्‍याउनु जरुरी छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.